सुन चाँदीको मूल्य घट्यो

२०८० मंसिर २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात मंगलवार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन  चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७९ डलरमा कारोबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय