लक्ष्मी हेल्प फाउण्डेसनद्वारा जाजरकोट भूकम्पपीडितका लागि प्रदान गरिएको सहयोग पीडितहरुलाई हस्तान्तरण

२०८० कार्तिक २२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लक्ष्मी हेल्प फाउण्डेसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि दुईलाख रुपैयाँ सहयोग गरेकोमा सो सहयोग पीडितहरुलाई हस्तान्तराण् गरिएको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पपीडितका लागि तत्काललाई २ लाख सहयोग गरिएको र सो सहयोग सहयोगीमार्फत पीडितलाई हस्तान्तरण गरिएको फाउण्डेसनका अध्यक्ष नारायण अधिकारीले जानकारी दिए । अधिकारी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसिया युवा उपाध्यक्ष तथा जोहोर राज्य मलेसियाका सल्लाहाकार समेत हुन ।

भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति लक्ष्मी हेल्प फाउण्डेसन स्तब्ध भएको बताउँदै आवश्यक परे फाउण्डेसनले थप सहयोग गर्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाएका छन । । सामाजिक सेवामा सक्रिय फाउण्डेसनले विगत लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय