दसैँ बिदामा महानगरको सवारी साधन सञ्चालन गरे कारवाही हुने

२०८० कार्तिक २, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं महानगरपालिकाले दसैँ तथा तिहारको बिदामा कार्यालयको नाममा रहेको कुनै पनि सवारी साधन सञ्चालन नगर्न, नगराउन अनुरोध गरेको छ ।

महानगरपालिकाले बिहीबार एक सूचना प्रकाशन गरेर सरसफाइमा प्रयोग हुने र नगर प्रहरीको ड्युटीबाहेक कार्यरत कर्मचारीहरुले प्रयोग गरिरहेका कार्यालयको नाममा दर्ता रहेका कुनै पनि सवारी साधन सञ्चालन नगर्न जानकारी दिएको छ ।

बिदाको समयमा अत्यावश्यक काममा सवारीसाधन प्रयोग गर्नु परे महानगर क्षेत्रभन्दा बाहिर सञ्चालन नगर्न अन्यथा कारवाही हुने व्यहोरा महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय