सुनको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

२०८० आश्विन ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलाको ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन तोलाको १ लाख ११ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२६ डलरमा कारोबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय