नेपालमा प्रतिवर्ष ५० हजार किलोवाट सोलार ऊर्जा उत्पादनको सम्भावना

२०८० भाद्र १६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपालमा प्रतिवर्ष ५० हजार किलोवाट सोलार ऊर्जा उत्पादनको सम्भावना रहेको बताइएको छ । स्वतन्त्र उर्जा उत्पादक कम्पनीहरूको संस्था, नेपाल (इप्पान)ले नेपालमा सोलारको सम्भावनासम्बन्धी आयोजना गरेको कार्यक्रममा यो कुरा बताइएको हो ।

नेपालमा १ मेगावाट हाइड्रो बराबर ४ मेगावाट सोलार ऊर्जा उत्पादन गर्ने सके अहिले देखिएको बेलाबेलामा बत्ती जाने समस्या पनि समाधान हुने रिडि हाइड्रोपावरका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए । उनका अनुसार १ मेगावाट क्षमताको सोलार ऊर्जा उत्पादन गर्न १.५ बिघा जमिन चाहिन्छ ।

अहिले नेपालमा बाँझो रहेको जमिनलाई सदुपयोग गर्न सके सोलार ऊर्जाको उत्पादन राम्रो हुने उनको भनाइ छ । चर्को घाम नलागेपनि आकाश खुला भएमा पनि ऊर्जा उत्पादन हुने हुँदा हिमाली र पहाडी जिल्लामा पनि यसको राम्रो सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय