काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ११ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. ४४ करोड ४५ लाख कमाएकोमा चालू आवमा बढेर रू.४९ करोड ३६ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब २० करोड रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा रू. १ अर्ब २६ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको महाविपत्तीकोषमा रू.१४ करोड २५ लाख रहेको छ । त्यस्तै कम्पनीको रिटेण्ड अर्निङ्गमा रू.१ अर्ब २४ करोड १७ लाख रहेको छ ।
त्यस्तै, आव २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा रू.५ अर्ब ६५ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २३ दशमलव १५ प्रतिशतले वृद्धि भएर रू.६ अर्ब ९६ करोड पुगेको छ ।



कम्पनीले चालू आवमा रू. २ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले रू.२ अर्ब ५१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य घटेको छ ।








