तनहुँको मादी नदीमा तटबन्धन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म झण्डै १६ किलोमिटर दुरीमा तटबन्धन निर्माण भैरहेको हो ।
गएको वर्ष मादी नदीमा आएको बाढीले मानव बस्ती आसपासका क्षेत्र कटान गरी उच्च जोखिम बनाएपछि संरक्षणका लागि तटबन्धन निर्माण थालिएको थियो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तनहुँका अनुसार पहिलो चरणअन्तर्गत सिसाघाटदेखि चिन्तुटारसम्म र दोस्रो चरणअन्तर्गत गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्धनका काम भइरहेको छ ।



दुवै चरणको गरी अहिलेसम्म ४८ प्रतिशत कार्य प्रगति भएको कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ भदौ ५ गतेभित्र योजना सम्पन्न गर्ने सम्झौता गरी निर्माण अघि बढाइएको हो ।








