नेपालमा आईआईटी क्याम्पस खोल्ने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता

२०८३ मंसिर ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दील्ली  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ (२ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको ‘विकास सहकार्य प्याकेज’ घोषणा गरेका छन्।

भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय औपचारिक वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो घोषणा गरेका हुन्।

ऊर्जा, पूर्वाधार र पारवहनमा ठूला घोषणा

प्रधानमन्त्री मोदीले नेपालको आर्थिक समृद्धिका लागि कनेक्टिभिटी (सम्पर्क सञ्जाल) र ऊर्जा क्षेत्रमा दुई देशबीच भएका ऐतिहासिक उपलब्धि र सहमतिबारे जानकारी दिए:

  • जलविद्युत् र पेट्रोलियम: नेपालको स्वच्छ ऊर्जाको प्रवर्द्धनका लागि तल्लो अरुण (लोअर अरुण) जलविद्युत् आयोजनाको शिलान्यास गरिएको र अरुण–३ आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिने उनले बताए। साथै, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको लोकार्पण गरिएको र झापा पेट्रोलियम टर्मिनलको शिलान्यास सम्पन्न भएको घोषणा गरे।
  • बन्दरगाह पहुँच: नेपालको तेस्रो मुलुकसँगको पारवहन व्यापारलाई सहज बनाउन भारतले आफ्ना काण्डला र पारादीप बन्दरगाहको पहुँच नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ।
  • सीमा पूर्वाधार: उत्तराखण्ड र नेपाल जोड्ने धार्चुला सडक पुलको उद्घाटन तथा बनबासा एकीकृत जाँच चौकी (आईसिपी) को शिलान्यास गरिएको छ भने नेपालतर्फको दोधारा–चाँदनी आईसिपीको कामलाई पनि तीव्रता दिइने भएको छ।

नेपालकाे कुनै ठाउमा आईआईटी क्याम्पस र क्रिकेट विकासमा सहकार्य

नेपाली युवाहरूको प्रतिभा र ऊर्जाको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले शिक्षा, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा भारतको पूर्ण सहयोग रहने बताए:

  • आईआईटी क्याम्पस: नेपालमै भारतीय प्रविधि संस्थान (आईआईटी) को एक विस्तारित (अफसोर) क्याम्पस स्थापना गरिनेछ। साथै स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब विकास गरिनेछ।
  • छात्रवृत्ति र कृषि: नेपाली विद्यार्थीका लागि भारतमा कानुन (ल) र प्रविधि (टेक्नोलोजी) विषय अध्ययन गर्न छात्रवृत्ति कोटा बढाइने तथा नेपालमा कृषि–औद्योगिक पार्क (एग्रो-इन्डस्ट्रियल पार्क) स्थापनामा सहकार्य गरिनेछ।
  • खेलकुद र मिडिया: नेपाली क्रिकेटको पूर्वाधार विकास र खेलाडीहरूको प्रशिक्षणमा भारतले सहयोग बढाउने भएको छ। त्यस्तै भारतमा आयोजना हुने आगामी ‘वेभ्स समिट’ मा नेपालका कन्टेन्ट क्रिएटर्स तथा मिडिया डेलिगेसनलाई आमन्त्रण गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय