मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रश्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधरणको मागलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताउनु भयो । उहाँले विगतको जस्तै लामो कार्यक्रम आएको बताउनु भयो । उहाँले कार्यक्रममा सरकारले भन्न केही पनि नछोडेका तर लागू हुने कार्यक्रम केही नभएको दाबी गर्नुभयो । उहाँले नीति र कार्यक्रमलाई महत्व दिएर छलफल गर्नुको कुनै अर्थ नदेखिएको बताउनु भयो । उहाँले कार्यक्रममा सुशासन र भ्रष्टाचार उन्मुक्तिका कुरा गरे पनि भनाई र गराई फरक रहेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रमले आगामी बजेट वितरण र कार्यकर्तामुखी बजेट आउने अभ्यास गरेको देखिएको बताउनु भयो।



उहाँले भन्नुभयो,‘सरकारको भनाई र गराईमा आकाश जमिनको फरक छ । यति लामो नीति तथा कार्यक्रमको पक्षमा छैन । यति लामो कार्यक्रम राख्न आवश्यक छैन । पुरानै र्डरामा आएको छ । जुन ढङ्गमा सरकार चलेको छ । सुशासनको कुरा कार्यक्रमले गरेको छ भ्रष्टाचार उन्मुक्तिका कुरा गरेको छ । तर सरकारमा बस्नेहरुले गरेको दुरुयोगलाई ढाकछोप गरिरहेको छ । काँग्रेसले लामो समयदेखि संसदमा माग उठाइरहेको छ । यो विषयलाई केही भएको छैन जसरी बसेको छ । नीति तथा कार्यक्रममा सुशासनको कुरा उठाएको छ त्यसको अर्थ छैन । अहिले राज्य संरचनाको दुरुयोग भएको छ त्यसलाई अनुशासनमा ल्याउने कुरालाई समाप्त पारिएको छ । बजेटलाई अनुशासनमा ल्याउने काम थालेका थियौं । ३ करोड केन्द्रबाट दिनेकुरा गर्दैै हुनुहुन्छ । बजेट वितरणमुखी कार्यकर्तामुखी बजेट ल्याउँदै हुनुहुन्छ । त्यसको अभ्यास नीति तथा कार्यक्रमले गरेको छ । निती तथा कार्यक्रममा भन्ने कुरा केही छाडिएको छैन । तर हुने कुरा केही छैन ।
उहाँले सरकार आफैँले राज्य संरचनाको दुरुपयोग गर्दै सर्वसाधरण जनताको माग बेवास्था गरेको आरोप लगाउनु भयो ।








