सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौंः गृहमन्त्री लामिछाने

२०८१ बैशाख १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर गरेर पीडितहरुको रकम फिर्ता गर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताउनुभएको हो । उहाँले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताउनु भयो । उहाँले अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको भन्दै उहाँले कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताउनु भयो । उहाँले सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पतीलाई बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने बताउनु भयो । उहाँले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताउनु भयो । उहाँले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगि गरेका मानिसहरुको सम्पती रोक्का गरेर त्यसबाट पीडितहरुलाई न्याय दिने क्रमको शुरुवात हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सहकारी पीडितहरुलाई समाउने, कानूनी प्रक्रियामा लिएर जाने, अदालती प्रक्रियामा लिएर जाने कुराहरु हिजोपनि भएका हुन् । अझैपनि हुन्छ । जतिपनि फरार रहेका, सम्पर्कमा नआएकाहरुका केशमा हामी असाध्यै धेरै मेहनत र बल लगाएर काम गरिरहेका छौँ । मैले यो प्रश्ताव लिएर जानुको अर्थ के हो भने, सहकारी पीडितको वचत फिर्ता गर्नका लागि फरार रहेका सहकारी सञ्चालकका सम्पती र तिनले आफन्तका नाममा राखेका सम्पती समेत खोजेर त्यस्ता सम्पती तत्काल रोक्का गरी यथाशिघ्र लिलाम गरेर गरिबवो पैसा तिर्नुपर्ने व्यवस्था मिलाउन जरुरी छ । कानूनी प्रक्रिया, अनुसन्धानको लामो प्रक्रियामा जाँदा आजसम्म कयौँ मान्छेहरुले आफ्नो छोराछोरीको विद्यालयको फि तिर्न सकेका छैनन् । उपचारको पैसा तिर्न सकेका छैनन् । ऋण तिर्न सकेका छैनन् । व्यवसाय खत्तम भइसकेको छ । किनकी प्रक्रिया त चल्दैछ । कोही जेलमा छन् । कोही अदालतमा छन् । अदालतमा पनि तिनै तहमा जानुपर्ला । यि सबै कार्यान्वयन हुँदा मानिसको वर्षौ खेर गइसकेको छ । तर सरकारले नागरिकको पीडा त्यसरी हेरेर बस्न मिल्दैन । उनको सम्पत्ति छ । सम्पत्ति आफन्तको नाममा राखेका छन् । आफन्तको नाममा राखेको छु, म बच्छु भनेर कसैले सोचिरहेको होला । आफन्त हिजो कति गरिब थियो रातारात कसरी धनि भयो भनेर हेर्ने संयन्त्र सरकारसँग छ । अहिले हाम्रो फोकस भनेको स–साना वचतकर्तालाई प्राथमिकतामा राखौँ शुरुवातमा । उहाँहरुको समस्य अझ जटिल छ ।

जब सम्पत्ति रोक्का राखिन्छ, सरकारले कानून बनाएर तत्काल कार्यान्वयन गरेर त्यसलाई बेचबिखन गरेर बाँड्ने कामको शुरुवात गर्छ चाँडै नै यो समस्या समाधान हुन्छ । मेरो ध्यान उनीहरुको सम्पत्ति खोजी गर्ने, रोक्का गर्ने, तत्काल लिलाम गर्ने र त्यसबाट आएको पैसाबाट वचतकर्तालाई दिने । यसका सरकारले निर्णय नै गरिसकेको छ छिटोभन्दा छिटो यो प्रयोजन गर्ने, न्यायिक संरचनाबाट गर्ने कुरा रोकिनु परेन । तर बचतकर्ताहरुको बचत फिर्ता गर्ने मामिलामा उनिहरुको सम्पत्ति रोक्का गरी, बिक्री, वितरण गर्नसक्ने अधिकार कानूनी रुपमा लिने मामिलामा सुपर फास्ट ट्रयाक हुनुपर्छ भन्ने हाम्रो अवधारणा हो । यसमा सिंगो मन्त्रिपरिषद् एक ठाउँमा उभिएको छ । सहकारी र लघुवित्त पीडितका लागि यो संकटकाल हो । लाखौँ मान्छे संकटमा परेका छन् । जनता संकटमा परेको बेलामा विधि, प्रक्रियाको अभ्यासको भारी बोक्नु हुँदैन फास्ट ट्रयाकमा गर्नुपर्छ भनेर लागि परेका छौँ । चाँडै नै फरार रहेका, प्रमाणित भएका, अपm्ठ्यारो पारेका, ठगि गरेका मानिसहरुको सम्पती रोक्का गरेर त्यसबाट पीडितहरुलाई न्याय दिने क्रमको शुरुवात हुन्छ ।’ 

उहाँले सहकारीको पैसा ठगेका र हाल सो पैसा तिर्छु भन्नेहरुका लागि पनि पैसा तिर्ने अवसर दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय