डिश मिडिया नेटवर्क लिमिटेडले आफ्ना ग्राहकहरूका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।
अब डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र एक सय रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ ।



यस्तै, यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले फाइवर नेटको कनेक्सन लिएर लिन सक्नेछन् । कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा बढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वालिटीको टीभी सुलभ मूल्यमा ग्राहकले हेर्न सक्नेछन् ।








