राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले देशमा राजश्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताउनु भयो । उहाँले देश अहिले आक्रान्त रहेको बताउनु भयो । उहाँले सरकारको ध्यान चाँडो भन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो देशको विकास र समृद्धिसँग जोडिएका दुई ठूला समस्या भन्न चाहन्छु । एउटा यो देशमा राजश्व संकलन नहुने र विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने दुई ठूला गम्भीर समस्याका कारण देश आक्रान्त छ । त्यसकारण यो समस्यको मुख्य चुरो कुरा के हो ? यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’



उहाँले देशको विकास र समृद्धिसँग जोडिएका कुरालाई सरकारको आवश्यक चासो दिन नसकेको बताउनु भयो ।








