सहकारीका समस्या समाधान गर्न सहकारीमा शुद्धीकरण गर्नुको विकल्प छैनः अध्यक्ष ढकाल

२०८० पुष १९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष ढकालले सुशासन र सहकारीको मर्यादामा नबस्ने सहकारीहरुलाई शुद्धीकरण गरेर जाने प्रतिवद्धता आफूले पहिलो बैठकमा नै गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष ढकालले सहकारीका सदस्य र नेतृत्वले सुशासन र सहकारीको मर्यादा भन्दा बाहिर गएर सम्झौता नगर्ने प्रतिवद्धतासहित नयाँ ढङ्गमा अगाडि बढ्ने बताउनु भयो । उहाँले सहकारीको शुद्धीकरणमा गए मात्रै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने दाबी गर्नुभयो । उहाँले सहकारीको क्षेत्रभित्र सम्भावनाहरु धेरै रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ढकालले सहकारी भित्र आएका समस्याहरु व्यक्ति विशेषको कारण आएको भन्दै सहकारी अभियान र नेतृत्वमा त्यस्तो समस्या नभएको दाबी गर्नुभयो । उहाँले केही नम्बरमा गन्न सकिने सहकारीको लगानी र प्रकृति हेर्दा सहकारी संस्था भन्न नसकिने भएकाले त्यस्ता सहकारीलाई शुद्धीकरणको माध्यमबाट पृथक रुपमा सहकारी अभियान अगाडि बढाउने बताउनु भयो । उहाँले वचत तथा ऋण सहकारी भित्र धेरै नम्बर रहेकाले त्यहाँ भएका नम्बर भित्र शुद्धीकरण गरी वचत तथा ऋण सहकारी संस्थाहरुले नै सुशासनको प्रत्याभुति दिनेगरी सहकारीका मूल्य मान्यतामा हिँड्न आवश्यक रहेको बताउनु भयो । उहाँले अब पनि सहकारीको मान्यतामा भएका सहकारी हिँड्न नसक्ने परिस्थिति भए ठूलो संकट आउने अवस्था रहेको भन्दै सहकारीहरु सुधार हुनुको विकल्प नभएको बताउनु भयो । उहाँले भूकम्प, युक्रेन—रसियाको युद्ध,कोभिड महामारी सबैभन्दा ठूलो असरको कारण रहेको र बजारमा तरलता अभावको कारणले पनि सहकारीमा प्रभाव परेको बताउनु भयो । —

नेफ्स्कुनको आफू अध्यक्ष भएर आएपछि पहिलो बैठकमार्फत नै सहकारीको सदस्य र नेतृत्व दुई वटा कुरामा सम्झौता गर्न सक्दैनौं । सहकारी कर्म भएर सुशासनको प्रत्याभुति गर्न आफैँबाट सक्दैनौं भने पनि करेक्शन गर्नुपर्छ । सुशासन र सहकारीको मर्यादामा नबस्ने हो भने शुद्धीकरणमा जानुपर्ने परिस्थिति हुन्छ । शुद्धीकरण भित्र सहकारी जानलाई प्रतिवद्ध भयौं भने सहकारीमा पछिल्लो समय देखिएका समस्या न्युनिकरण हुँदै जान्छन् । सहकारी भित्र सम्भावनाहरु मात्रै देखिराखेको छु । सहकारीमा समस्या थिए र छन् । ती समस्याहरु व्यक्ति विशेषको कारण आएका हुन् । समग्र सहकारी अभियान र नेतृत्व सहकारी क्षेत्रमा विकृति ल्याउने भित्र छन् भन्ने लाग्दैन । अहिले नम्बर अफ सहकारीभित्र समस्या छ । नम्बर अफ सहकारीको प्रकृति र लगानीको क्षेत्र हेर्दा सहकारी संस्था हुन् भनेर परिभाषित गर्न सकिँदैन । त्यो भन्दा अब पृथक विषय उठाएर जान्छौं । वचत तथा ऋण सहकारी भित्र नम्बर धेरै छ । 

नम्बर भित्र शुद्धीकरणको कुरा गरेका छौं । समग्र वचत तथा ऋण सहकारी संस्थाहरु नै सुशासनको प्रत्याभुति दिने गरी सहकारीका मूल्यमान्यता भित्र हिँड्नुपर्छ । त्यो मान्यतामा हिँड्न नसक्ने परिस्थिति छ भने फेरि पनि समस्या आउँछन् । त्यसैले करेक्शन भएर सुधार हुनुको विकल्प छैन । यसले सहकारीमा नयाँ सन्देश दिएर जान्छ । भूकम्प,युक्रेन रसियाको युद्ध,कोभिड महामारीले सबै भन्दा ठूलो असरको कारण बजारमा तरलता अभावको कारणले सहकारी क्षेत्रमा पनि प्रभाव पा¥यो । यो स्वाभाविक समस्या थियो । यो समस्यासँग हामी जुध्यौं । त्यसबाट अहिले हामी उन्मुक्ति पाउँदै छौं । निकास निकाल्दै छौं । योजनावद्ध रुपमा सहकारीमा एउटा समूह प्रवेश ग¥यो । सहकारी दर्ता गरेर पनि प्रवेश ग¥यो । दर्ता भएका सहकारी भित्र नकारात्मक नजरसहित सहकारीमा प्रवेश गरी सहकारीमा भएको पैसालाई अपचलन समेत ग¥यो । सहकारीबाट कर्जा लिएर अस्वाभाविक ठाउँमा लगानी ग¥यो । यसरी पैसा चलाउँदा पैसा फिर्ता गर्ने योजना पनि थिएन । परिस्थिति पनि पेमेन्ट गर्ने अवस्था पनि बनेन । यस्ता खालका सिर्जित समस्याले सहकारीलाई समस्या पारेका छन् । 

सहकारीका यस्ता खालका सिर्जित समस्याको व्यवस्थापन भनेको नेपालको संविधानको कन्सेप्ट के हो भन्दा रिफम पद्धतीबाट कानूनहरु बनेको छ । सुधारात्मक प्रवृतिको कानून भएपछि नियमक निकाय पनि रिफम पद्धतीको भयो । नियमक निकायहरुले बिस्तारै सुधार हुँदै जान्छ भनेर निरन्तर सुधारको मौका दिँदा पनि सुधारको प्रक्रिया सुधार भएको देखिएन भने सजायको लागि निर्मम हुनुको विकल्प छैन । सिर्जित समस्याहरु भित्र निर्मम भएर प्रश्तुत भइएन भने स्वभावैले सबैलाई धमिलो बनाउँछ । धमिलो बनाइसके पछिको परिस्थिति सहकारी भनेको समस्याको थलो हो भन्ने भाष्य कामय गर्न बल पुग्छ । त्यसैले सिर्जित समस्या ल्याउने प्रति निर्मम हुने र स्वाभाविक रुपमा हुने समस्याहरुको राज्य,सहकारी अभियान र लगानीकर्ता सबै मिलेर समाधान खोज्नुपर्छ । यो पद्धतीमा अहिलेको नेतृत्वमा लाग्नेछ ।  

सहकारीको नियमन संघमा सहकारी विभाग,प्रदेशमा प्रदेश सहकारी रजिष्टारको कार्यालय र स्थानीय तहका सहकारी डेस्क छ । स्थानीय तहमा सहकारीको नियमन कम छ । नेफ्स्कुन सहकारीको नियमनकारी निकाय होइनौं । राज्यले सहकारी स्वनियमन भनि रहेका छौं । स्वनियमनको अधिकार दिनु भनेका छौैं । आफै स्वनियममा बस्नेकुरा एउटा छ तर संस्थागत स्वनियमका कुरा पनि गर्नुपर्छ । स्वनियमन गर्न सरकारल नेफ्स्कुनलाई अधिकार दिनुपर्छ । हामीले प्रदेश जिल्लासँग त्यही अनुसारको समन्वय गर्ने थियौं । नेफ्स्कुनले सहकारीहरुमा संस्थागत स्वनियमन गर्न सकेनौं । ३४ हजार सहकारीको कुरा गर्दा नियमन गर्न त्यही अनुसारको जनशक्ति आवश्यकता हुन्छ । तर छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय