मंसिर ९ गते उद्योग दिवस भव्यरुपमा मनाउने सरकारको निर्णय

२०८० मंसिर ८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र माताहतका निकाय तथा निजी क्षेत्रका उद्यमीहरुको छाता संगठनको सहभागितामा काठमाण्डौंमा विविध कार्यक्रम गरी अगामि मंशिर ९ गते नवौं उद्योग दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।

विक्रम संवत् २०८०) उद्योग दिवसको नारा “स्वदेशी उत्पादन अभियान: उद्यमीको सम्मान तय गरी प्रचार प्रसार गर्ने उद्योगसचिव निरौलाले जानकारी दिए । ।

सरकारले मनाउन लागेको उद्योग दिवसलाई आउँदो वर्ष सप्ताहब्यापी रुपमा मनाउने भएको छ । मुलुकभर मनाइने उद्योग दिवसले नेपालमा औद्योगि प्रवर्द्धनमा विशेष जोड दिने सरकारको विश्वास छ ।उद्योग दिवसको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका विभाग तथा निकाय र निजी क्षेत्रका उद्योग परिसरमा सरसफाई तथा दिपावली मनाउने निर्णय गरेको छ ।

उद्योग दिवसको अवसरमा उद्योग विभाग अन्तर्गत दर्ता भएका उद्योगहरुका तथ्यहरु समावेश भएको औद्योगिक तथ्यांङ्क पुस्तिका विमोचन गर्ने र निजी क्षेत्रका छाता संगठनहरुले उद्योग दिवशलाई भब्य रुपमा मनाउन आफू मातहतका निकायहरुलाई परिचालन गर्ने जोड दिने सरकारको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय