असार ७ गतेदेखि प्रथम सहकारी रोजगार मेला २०८१ आयोजना हुँदै

२०८१ असार ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा नेपालमा पहिलो पटक सहकारी क्षेत्रमा रोजगार मेला आयोजना हुने भएको छ ।  .

महासंघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै असार ७ गतेदेखि ९ गतेसम्म ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुने जनाएको हो ।

मेलाको उद्धघाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री वलराम अधिकारीले गर्नेछन् । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुती, अन्तर्राष्ट्रिय श्रम मंगठन (आइएलओ) का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत निरन्तर सञ्चालन हुनेछन् । मेलाको अन्तिम दिनश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डील प्रसाद अर्यालत्राट मेलाको समापन हुनेछ ।

मेलामा स्टार्टअप र साना व्यवसाय मार्फत स्वरोजगार गर्न चाहनेहरुको लागि नेटवर्किङको कार्य समेत हुने बताइन । महासंघले सहकारी रोजगार मेलाले समयमा नै रोजगारी सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत वितरण अनलाइनमार्फत रोजगारीको लाभ लिन युवाको थप आकर्षण हुने अपेक्षा गरेको छ ।

मेलामा अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेको युवाहरूका लागि क्युआर कोड स्क्यानमार्फत रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाइएको छ । मेलामा रोजगारदाताका स्टलहरू रहने छन् साथै सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत मेलामा स्थान दिइने जनाइएको छ ।

मेलाले युवाहरूका लागि मर्यादित प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय