काठमाण्डाै – गएको वर्षको फागुनको तुलनामा यो वर्षको फागुनमा घरजग्गा किनबेच २५ दशमलव १९ प्रतिशतलले बढेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार गएको वर्षको फागुनमा ४० हजार सात सय ३४ सङ्ख्यामा घरजग्गा किनबेच भएकोमा यस वर्षको फागुनमा ५० हजार नाै सय ९८ सङ्ख्यामा घरजग्गा किनबेच भएको छ । फागुनमा घरजग्गा किनबेचबाट सरकारलाई तीन अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ ।



यस्तै फागुनमा काठमाण्डाैका १० वटा मालपोत कार्यालयबाट फागुनमा चार हजार दुई सय तीन वटा घरजग्गा किनबेच भएका छन् । दुई वर्षअघि अर्थात् २०७८ सालको फागुनमा काठमाण्डाै उपत्यकाका मालपोत कार्यालयबाट आठ हजार आठ सय ४९ वटा घरजग्गा किनबेच भएको थियो । यसले दुई वर्षअघिको तुलनामा काठमाण्डाै उपत्यकामा घरजग्गा कारोबार आधाले घटेको देखिएको छ ।
व्यवसायीका अनुसार पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले लिलाम बिक्री तथा लिलामी नभएमा बैंकले सकार्दा किनबेचको सङ्ख्या बढी देखिए पनि वास्तविकरूपमा किनबेच भने निकै घटेको छ ।source:ujjalo








