काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४, तामाघाटमा पाँचखाल शाखा कार्यालय विस्तार गरी सोमवारबाट कारोबार शुरू गरेको छ ।
योसँगै बैंकको शाखा संख्या २८८ पुगेको छ । बैंकले हाल २८८ शाखा कार्यालय, ३०५ एटीएम, ९९ ओटा शाखारहित बैंकिङ सेवा, ७१ ओटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पोस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा छन् ।











