काठमाडौं– नेपाल एसबिआई बैंकले संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा चारसम्मका विद्यार्थीलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ ।
बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आएको दावी गरेको छ । सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिङ सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।



कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रवन्धक सुशील निरौला, स्कुलका प्रधानाध्यापक देवीमाया अधिकारी तथा बैंकका कर्मचारी र शिक्षक, कर्मचारीलगायतको उपस्थिति थियो । हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।








