१ अर्बको म्युचुअल फण्ड ल्याउँदै गरिमा क्यापिटल

२०८० फाल्गुन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो सामूहिक लगानी कोष योजना सञ्चालनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । क्यापिटलले १ अर्बको बन्दमुखी योजना सञ्चालन गर्न माघ २८ गते बोर्डमा आवेदन दिएको हो ।

क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेगरी गरिमा समृद्धि योजना नामको बन्दमुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न लागेको हो । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब बराबर हुनेगरी १० करोड इकाई निष्काशन गर्नेछ । धितोपत्र बोर्डले अनुमति दिएपछि क्यापिटलले यस योजनाको इकाई निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय