नबिल बैंकले कमायो साढे ७ अर्बभन्दा बढी नाफा, निष्क्रिय कर्जा भने बढ्यो

२०८० श्रावण २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले ७६ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको सञ्चालन नाफासमेत ७५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अघिल्लो वर्ष ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ११ अर्ब १ करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्ष घटेको छ । अघिल्लो वर्ष ११ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ३ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रहेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी छ ।

हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ३ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम २७ अर्ब ७ करोड रुपैयाँभन्दा बढी कायम छ ।

गत चौथो त्रैमाससम्म बैंकले ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा अघिल्लो वर्ष १ दशमलव ६२ प्रतिशत रहेकोमा गत वर्ष ३ दशमलव २० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय