एनआइबिएल इक्विटीले जगदम्बा स्पिनिङमा लगानी गर्ने

२०८१ असार २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । एनआइएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङमिल लिमिटेडबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । एनआइबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फन्ड हो । सम्झौतामा एनआइएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे तथा जगदम्बा स्पिनिङ मिल लिमिटेडको तर्फबाट प्रबन्धनिर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सन् २००५ मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स लिमिटेड नेपालको प्रिमियर धागो उत्पादक कम्पनी हो । यस कम्पनीले विशेष गरेर पोलिस्टर, पोलिस्टर भिस्कोज मिश्रित र एक्रिलिक धागो उत्पादन गर्दछ । कम्पनीको रूपन्देही, कमहरियास्थित कारखाना विष्णु न्यौपानेको नेतृत्वमा रहेको सौरभ ग्रुपको एक हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय