सुनचाँदीको भाउ आज घट्यो

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ – सुनचाँदीको मूल्य आज घटेको छ । हिजो तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ यथावत् रहेको सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय