सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घट्यो

२०८१ बैशाख ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ – सुनको भाउ आज तोलामा छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । हिजोको भाउ अहिलेसम्मकै उच्च हो ।

चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय १५ रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले बढेर तोलाको एक हजार सात सय २५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय