उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

२०८० चैत्र २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौं उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ । उद्योगी व्यावसायीको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्राण्ड आमउपभोक्ताकमाझ परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो ।

बुधबारदेखि काठमाडौंको बुद्धमल बालाजु, न्युरोड मल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ । महोत्सवको उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरे । उनले अहिलेको विषम परिस्थितिमा आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न मेला महोत्सव आवश्यक रहेको बताए ।

महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीहरुको सहभागितामा स्थायी सोरूम नियमिति रुपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा नेपालमा स्थापित जुत्ताचप्पल उत्पादक विभिन्न ८ वटा कम्पनी र ब्राण्डको सहभागीता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय