सुनको भाउ आज स्थिर, चाँदीको तोलामा ५ रुपैयाँ घट्यो

२०८० चैत्र ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ – सुनको भाउ आज स्थिर छ । हिजो ७ सय रुपैयाँले बढेर तोलाको एक लाख २५ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज स्थिर रहेको हो ।

आज पनि सुनको भाउ एक लाख २५ हजार दुई सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक हजार पाँच सय २५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको एक हजार पाँच सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय