दोस्रो त्रैमाससम्ममा एशियन हाइड्रोपावर रू. २ करोड २९ लाख नोक्सानीमा

२०८० माघ २८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. २ करोड २९ लाख नोक्सानीमा छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. २९ लाख ५४ हजार नाफामा थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले र वित्तीय खर्च बढेकाले नोक्सानीमा गएको हो ।

गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ९ करोड ५१ लाख आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ७ करोड ७९ लाखमा झरेको हो । त्यस्तै कम्पनीको वित्तीय खर्च गत आवमा रू. ५ करोड ५९ लाख रहेकोमा चालू आवमा बढेर रू.५ करोड ७७ लाख पुगेको छ ।

चुक्ता पूँजी रू. ३४ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. १ करोड ९० लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ १ सय ५ दशमलव ६१ रहेको छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय