भारतबाट बढेर आयो पेट्रेल र डिजेलको मूल्य, नेपालमा पनि बढ्ने

२०८० श्रावण १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको हो

यस्तै मट्टितेलको मूल्य साढे ७ रूपैयाँ र हवाई इन्धनको मूल्य ८ रूपैयाँले बढेर आएको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ । यस आधारमा भारतबाट बढेर आएको मूल्य नेपालमा पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय