सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर

२०८० मंसिर २२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा शुक्रवार सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २९ डलरमा कारोबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय