दुई दिन घटेको सुनको मूल्य फेरि उकालो लाग्दै

२०८० मंसिर २१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मंगलवारयता दुई दिन घटेको सुनको मूल्य बिहीवार (आज) आज भने बढेको छ । नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्य २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन  चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २६ डलरमा कारोबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय