सुनचाँदीको मूल्य बढ्यो

२०८० मंसिर ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा सोमवार (आज) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७९ डलरमा कारोबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय