राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०८० सालका लागि कफीको न्यूनतम सहमत मूल्य निर्धारण गरेको छ । बोर्डले फ्रेश चेरी कफी, पार्चमेन्ट कफी र ड्राई चेरी कफी गरि तीन किसिमका कफीको ग्रेडिङसहित मूल्य निर्धारण गरेको हो ।
मङ्सिर १ देखि लागू हुने गरि बोर्डले ए ग्रेडको फ्रेश चेरी कफीको प्रति किलो एक सय रुपैयाँ निर्धारण गरेको छ । यसगरी बि ग्रेडको फ्रेश चेरी कफीको प्रति किलो ९० रुपैयाँ पर्नेछ । ए ग्रेडको फ्रेश चेरी कफी भन्नाले ८ सय मिटरभन्दा माथि प्राङ्गारिक पद्धति अपनाएर उत्पादित ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको कफी हो । ए ग्रेडमा नपरेका फेश चेरीलाई बि ग्रेडमा राखिन्छ ।











