सुनको मूल्य घट्यो

२०८० कार्तिक १३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा सोमवार सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् आइतवार सुन १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९९ डलरमा कारोबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय