सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले बढ्यो

२०८० कार्तिक १, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् मंगलवार सुन १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९३७ डलरमा कारोबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय