सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

२०८० आश्विन २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिजो तोलामा झण्डै तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख १२ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ एक लाख १३ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय