एकै दिन हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८० आश्विन २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा सोमवार (आज) सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन तोलाको १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८५० डलरमा कारोबार हुँदैछ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको विक्री दर १३३.५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय