सुनको मूल्य १०० रूपैयाँले बढ्दा चाँदीको भने घट्यो

२०८० भाद्र १७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा आइतवार सुनको मूल्य तोलाको १०० रूपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १२ हजार ६०० रूपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् शुक्रवार सुन १ लाख १२ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४७० रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय