कालीमाटी तरकारी बजारमा आज हरियो धनियाको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेको छ। हिजो ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको धनियाको थोक मूल्य आज प्रतिकिलो ६० रुपैयाँ रहेको छ।
आज नेपाली ठूलो गोलभेडाको मूल्य भने १० रुपैयाँ प्रतिकिलो बढेको छ। आज गोलभेडाको प्रतिकिलो थोक मूल्य ६५ रुपैयाँ तय भएको छ। हिजो ठूलो नेपाली गोलेभेडा ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो।



भारतीय ठूलो गोलभेडाको भने आज पनि प्रतिकिलो थोक मूल्य ९५ रुपैयाँ नै रहेको छ।
यस्तै, आज राजमाको थोक मूल्यमा प्रतिकिलो २८.३३ रुपैयाँ बढेको छ। हिजो ८६.६७ रुपैयाँमा बिक्री भएको राजमाको आज प्रतिकिलो थोक मूल्य ११५ रुपैयाँ तय भएको छ।
आज तरकारी, फलफूल र माछाको थोक मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस








