शशिला मोटर्स्ले हाइयर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । कमर्सियल गाडीहरूको बिक्री वितरण गर्दै आएको कम्पनीले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो । हाइयर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ । सम्झौतासँगै शशिला मोटर्स् प्रालि हाइयर भ्यानको नेपालका लागि एकमात्र आधिकारक वितरक बनेको छ ।



१६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ । वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए ।
हाइगर ईभी भ्यानले सिङ्गल चार्जमा २५० किलोमिटर रेञ्ज रहेको छ । गाडीमा ७० किलोवाट आवर क्षमताको कटिङ्ग एज प्रविधियुक्त लिथियम ब्याट्री रहेको छ । कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषताहरु रहेका छन् । यात्रुको सुविधाका लागि एअर कण्डिसन, गाडीमा २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स छ । गाडीले ९० किलोवाट पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता छ ।








