उद्योग वाणिज्य संघ चितवनले शुक्रबार लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ, चितवन प्राइमो सेक्यूरिटिज प्रा लि, अक्सफोर्ड सेक्यूरिटिज प्रा लि, सेयुरिटि वोर्ड अफ नेपाल, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र सिडिएस एण्ड क्लियरिङ लि. को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
उद्योगी व्यवसायी एवं आम सर्वसाधारणलाई शेयर बजारमा सचेत भएर लगानी गर्नेसम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उवासंघ चितवनले जनाएको छ ।



कार्यक्रममा प्रमुख अतिथि चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले नेपालको अर्थतन्त्रले हाल चरम मन्दीको सामना गरिरहेको अवस्थामा पनि राज्य संयन्त्रले वास्ता नगरेको बताए । अर्थतन्त्रको विकासका लागि बहस हुने संसद्मा एकअर्का पार्टीको विरोध गर्ने काम भइरहेको उनको भनाई थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ, पुँजी बजार फोरमका सदस्य एवं समृद्धि नवलपुर इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष प्रकाश भुसाल, वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. सुदीप वाग्ले, कार्यक्रमका प्रस्तोता सिडिएस एण्ड क्लियरिङ लि का गुनासो व्यवस्थापन अधिकृत देवराज रिमाल, कार्यक्रमका प्रस्तोता नेपाल धितोपत्र बोर्डका निर्देशक रेवन्त श्रेष्ठलगायतले यसबारे सचेतना दिएका थिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।








