मिलन श्रेष्ठको अध्यक्षतामा नेपाली ब्यबसायी संघ डेनमार्क गठन

२०८० भाद्र १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

डेनमार्कमा व्यवसाय गरी रहेका नेपाली व्यवसायीहरूले सामुहिक हितमा काम गर्ने उदेश्यले नेपाली व्यवसायी संघ डेनमार्क गठन गरेकाछन । आइतवार कोपनहेगनमा भएको भेलाले मिलन टि. श्रेष्ठको नेतृत्वमा नेपाली व्यवसायी संघ डेनमार्कको तदर्थ समिती निर्माण गरेको छ ।

लामो समयबाट व्यवसाय गरिरहेका र उच्च शिक्षा अध्ययनका लागि डेनमार्क आएका बिद्यार्थीहरुले आफुले सिकेको बिभिन्न बिधाहरुका ज्ञान सिप र पुजीलाई व्यवसाय मा रुपान्तरण गर्ने सोचले संगठनको आवश्यकता महसुस गरि नेपाली व्यवसायी संघ गठन गरिएको उनिहरुले बताएका छन ।

 

मिलन टि. श्रेष्ठको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी, कोषाध्यक्षमा कुलराज शर्मालाई चयन गरेको छ। सदस्यहरुमा नरेन्द्र पौडेल, योगेश भट्टराई,बुद्धी सापकोटा , किसोर प्रसाई , शुर्वण गौतम रहनु भएकोछ । नविन पौडेललाई लेखा निरिक्षकमा चयन गरिएकोछ ।

नेपाली व्यवसायी संघ डेनमार्क बिशुद्ध नेपाली व्यवसायीहरुको एक आपसमा सहयोग र सेबाको उदेश्यले सुरुवात गरिएको र संस्थामा आबद्ध सम्पूर्ण साथीहरुले डेनमार्कमा व्यवसाय गरी रहँदा आफुले भोगेका समस्या , आफ्नो अनुभव एक आपसमा साटासाट गरि अगाडी बढ्न एक अर्कोलाई सजिलो होस भन्ने मुख्य लक्ष्य राखी संस्था स्थापना गरिएको नेपाली व्यवसायी संघ डेनमार्कका संस्थापक संयोजक मिलन टि. श्रेष्ठले जानकारी गराउनु भएको छ ।

डेनमार्कमा होटेल, रेस्टुरेन्ट, सुपर मार्केट, ड्राइभिङ् स्कुल, नेपाली कपडा पसल, आईटी, शैक्षिक परार्मश, इन्जिनियरिङ्ग परामर्श, मनि ट्रान्सफर, ट्याक्सी र ट्राभल लगायतका व्यवसाय गर्ने करीब ५० जना नेपाली व्यवसायीहरु क्रियाशील छन ।

 

संस्थाको स्थापना गर्दा भेलाले केही आबस्यक कार्ययोजनाहरु तयार गरेकोछ,  जुन निम्न छन ।

१ नेपाल ; नेपाली वजार र नेपाली लाई डेनर्माकमा को बजारमा स्थापित गर्ने
२ आपसी सद्भाव बढाउनुका साथै आफ्ना अनुभव आदन प्रदान गर्ने
३ एकै उद्देश्यका ब्यक्तिहरुको साझा भेटघाट गर्ने अवसर जुटाउने
४ नयां अवधारणा साथ व्यावसायमा संलग्न हुन चाहाने व्यक्ति हरुलाई प्रोत्साहान गर्ने
५ . सामुहिक हकहितका सुचना एक आपसमा बाडने
६ . तेस्रो व्यापारीक पार्टसग वार्गेनिङ्ग पावर वृद्धि गर्ने अवसर जुटाउने
6 . हामी नेपाली को पहिचान डेनर्माक समाजमा स्थापित गर्ने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय