इजिप्टद्वारा विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत

२०८० आश्विन ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इजिप्टले लजिस्टिक्स परियोजनाका लागि विश्व बैंकबाट चार सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले बिहीबार चार सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने बताउनुभएको हो । काइरो र अलेक्जान्ड्रियाबीच व्यापार वृद्धि गर्ने उद्देश्यले यो परियोजनाका लागि विश्व बैंकबाट सो ऋण लिइएको हो ।

परियोजनामा रेल्वे क्षेत्रको नवीकरण, परियोजना कार्यान्वयन, निजी क्षेत्रको सहभागिता, रेल्वे क्षेत्र सुधार र इजिप्टको रेल्वे पूर्वाधारका लागि प्रयोग हुनेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय